एकैदिन दश हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला १० हजार १०० रुपैयाँले र चाँदी तोलामा १८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =