वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ: अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहकाे पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

“प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,”अर्थमन्त्री वाग्लेले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।”

सार्वभौम संसदका माननीहरू पनि यस्तो समूहका कुराहरूबाट प्रभावित नहुन उनले आग्रह गरे । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =