सचिवको जिम्मेवारी हेरफेर र सरुवा

काठमाडौं । सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ ।

सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो ।

दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरीे कूल २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ ।

छ सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरुवा गरिएको छ । नयाँ जिम्मेवारीअनुसार सचिव भुपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ ।

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पछुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई÷दुई जना सचिव रहेका थिए ।

छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ । अतिरिक्त समूहमा लोकनाथ पौडेल (साविकको युवा तथा खेलकुद मन्त्रालय), कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालय), हरिप्रसाद मैनाली (सार्वजनिक खरिद अनुगमन कार्यालय), डा गोविन्दप्रसाद शर्मा (साविकको वन तथा वातावरण मन्त्रालय), डिल्लीराम शर्मा (साविक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र डण्डुराज घिमिरे (हाल निलम्वन) छन् ।

सचिव डा गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारीसहित अतिरिक्तमा ल्याइएको हो ।

अतिरिक्त समूहका अर्को एक जना सचिवलाई सूचना प्रविधि (आइटी) को समन्वय हेर्ने गरी नयाँ जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =