रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारमा सर्वदलीय बैठक  बसेको हो ।

सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष र सभापतिसहित दुई दुई जनालाई आमन्त्रण गरिएको थियो तर काँग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् । त्यस्तै, श्रम संस्कृति पार्टीले भने बैठक बहिष्कार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =