लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
२०८३ जेठ २४ गते

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १–०२–०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
२०८३ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








