लान्काङ–मेकोङ सहयोग (एलएमसी) विशेष कोष २०२६ अन्तर्गतका परियोजनाहरूका लागि कम्बोडियामा सम्झौता हस्ताक्षर

एजेन्सी । कम्बोडियामा लान्काङ–मेकोङ सहयोग (एलएमसी) विशेष कोष २०२६ अन्तर्गत सञ्चालन हुने विभिन्न परियोजनाहरूका लागि औपचारिक सम्झौता भएको छ ।

कम्बोडियाली परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजधानी नोम पेन्हमा आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

समारोहमा कम्बोडियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री प्राक सोखोन र कम्बोडियाका लागि चिनियाँ राजदूत वाङ वेनबिनको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै उपप्रधानमन्त्री सोखोनले एलएमसी विशेष कोषले कम्बोडिया र यस क्षेत्रका अन्य सदस्य राष्ट्रका नागरिकहरूका लागि दीर्घकालीन र ठोस लाभ प्रदान गरेको बताए ।

चिनियाँ राजदूत वाङ वेनबिनले एलएमसीले साझा भविष्य निर्माणका लागि क्षेत्रीय विकासलाई प्राथमिकता दिएको र यसले स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे ।

चीनले कम्बोडिया र अन्य मेकोङ राष्ट्रहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै यी परियोजनाहरूबाट यस क्षेत्रका जनताले अधिकतम लाभ प्राप्त गर्ने कुरा सुनिश्चित गर्न प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

लान्काङ–मेकोङ सहयोग (एलएमसी) समूहमा चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया र भियतनाम सदस्य राष्ट्रका रूपमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =