‘२०८२ साल फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रूपमा अंकित हुनेछ’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रूपमा अंकित हुने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रम बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रूपमा सम्पन्न हुन सक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे । उनले नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भन्नेमा विश्वस्त भएको दाबी समेत गरे ।

निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानुनले दिएको जिम्मेवारी केन्द्रमा राखी सबै सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई छ ।

उनले भने ‘निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती, तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानुनले दिएको जिम्मेवारी केन्द्रमा राखी सबै सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो । नेपालको राजनीति तथा निर्वाचनको इतिहासमा गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ । विद्रोहपछि निर्धारित ६ महिना भित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चानचुने उपलब्धि होइन । नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिना भित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो । आयोगले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई मितव्ययी, प्रभावकारी, व्यवस्थित रूपमा सञ्चालन गर्न सफल भएको छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन मितव्ययी रूपमा सम्पन्न गराउन पनि आयोग सफल भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =