वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेकाे बताए ।

स्वच्छ, हराभरा र दिगो वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै उनले वातावरण संरक्षण केवल प्रकृतिप्रतिको दायित्व मात्र नभई वर्तमान र भावी पुस्ताप्रतिको साझा जिम्मेवारी रहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =