पार्टी पंक्तिलाई अध्यक्ष ओलीको निर्देशन- नीति र पद्धतिमा एकताबद्ध हुनू

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई वैचारिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीका नीति र विश्लेषणहरू सही रहेको उल्लेख गर्दै उनले ती विचारमा दृढ भएर संगठनलाई चुस्त–दुरुस्त राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले पार्टीभित्र देखापर्ने विसङ्गति र अनुशासनहीनताप्रति कडा टिप्पणी गरेका छन् । पार्टीभित्र विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर गरिने गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले निष्कर्षमा नपुगी गरिने टिप्पणीहरूले भ्रम मात्र सिर्जना गर्ने बताए ।

समीक्षाको नाममा भ्रम फैलाउने र हस्ताक्षर सङ्कलन गर्दै हिँड्ने कार्यले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको तर्क छ । उनले पार्टीको मार्गचित्र र सङ्गठनात्मक अनुशासनलाई पालना गरेर मात्रै एमाले अगाडि बढ्न सक्ने स्पष्ट पारे ।

उनले भने ‘हाम्रो पार्टी एकताबद्ध चाहिन्छ । एकता केमा हुने रु सही विचारमा एकता हुने । हाम्रा कुनैपनि नीति गलत छैनन् । हामीले लिएका नीतिहरू सही छन्, विश्लेषण सही छ । त्यसकारण हामी ती नीति, विश्लेषण र हाम्रा विचारमा एकताबद्ध हुनुपर्दछ । त्यो विचारमा एकताबद्ध भएर संगठनलाई चुस्त–दुरुस्त राख्नुपर्दछ । कोही यता फर्केको, कोही उता फर्केको, कोही एकथोक बोल्ने र कोही अर्कैथोक बोल्ने होइन । पार्टीका विचारअनुसार पार्टीका निर्णयअनुसार बोल्ने, पार्टीको सङ्गठनात्मक विधि, पद्धति, प्रक्रिया, विधान र नियमअनुसार अनुशासित ढङ्गले चल्ने त्यस्तो पार्टी हामीलाई चाहिन्छ । अनि मात्रै हामी अगाडि बढ्न सक्छौँ । समीक्षा गर्नुपर्छ भन्ने, समीक्षा गर्न कहाँ छ कहाँ, अनि यो गर्नुपर्छ र उ गर्नुपर्छ, यस्तो गर्नुपर्छ र उस्तो गर्नुपर्छ भन्ने भ्रम फिँजाउने हतारिएर कहाँ समीक्षा भएको छ, कसले निष्कर्ष दिएको छ ? निष्कर्ष नै नआईकन अनेक प्रकारका कुराहरू गर्ने । पार्टीका विधि, विधान, पद्धति तथा पार्टीको सङ्गठनात्मक जीवनका प्रक्रियागत पक्षहरूलाई छोडेर कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक प्रकारका भ्रमहरू फिँजाउँदै कुद्ने—यस प्रकारका कुराहरूले पार्टीलाई न सही दिशामा लैजान्छन्, न सही विचारमा, न सही सङ्गठनात्मक प्रक्रिया र पद्धतिमा नै लैजान्छन् ।’

ओलीले पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र सांगठनिक अनुशासन अनिवार्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =