राष्ट्रपतिबाट प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली विधेयक प्रमाणीकरण
२०८३ जेठ १९ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विधेयक प्रमाणीकरण भएको जानकारी गराएका हुन् ।
जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले मंगलवारको बैठकमा पढेर सुनाए ।
मंगलवारकै बैठकमा प्रतिपक्षी दलहरुको विरोधका बीच सभामुख अर्यालले मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, पनि प्रमाणीकरण भएको जानकारी गराए ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमवार बस्नेगरी स्थगित भएको छ ।
२०८३ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








