प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा तनाव, नेपाल पस्यो एसएसबी

काठमाडौँ । भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ ।

स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको छ ।

आइतबार साँझ सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्ध क्षेत्रमा पुगेको ४०–५० जनाको एसएसबी टोलीले निर्माण कार्यमा आपत्ति जनाउँदै काम रोक्न चेतावनी दिएको स्थानीयले बताएका छन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि निर्माण कार्य प्रभावित भएको पुष्टि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =