जेनजी नागरिक अभियानको मागः मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अभियानले जेनजी आन्दोलनका दोषीहरूबारे आयोगले तथ्य बाहिर ल्याएको उल्लेख गर्दै उनीहरूमाथि तत्काल अनुसन्धान प्रक्रिया अघि बढाई कारबाही गर्न माग गरेको हो ।

आयोगको प्रतिवेदनले जेनजी आन्दोलनबारे तथ्यहरू बाहिर ल्याएकाले थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको अभियानका सचिव प्रकाश बमले बताए । उनले आयोगको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्दै सोहीअनुसार अघि बढ्नुपर्ने बताए ।

अभियानले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै सरकारप्रति असन्तुष्टि समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =