एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मुल गर्ने काममा सरकार तत्पर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र मुलुकमा भ्रष्टाचार निर्मूल पार्ने काममा लागिपर्ने बताएका हुन् ।

उनले सरकारले यस वर्षलाई सुशासन वर्षको रूपमा लिएको पनि बताए । प्रधानमन्त्री साहले सुशासन प्रवद्र्धनका लागि विभिन्न मन्त्रालयले मातहतका निकायमा निगरानीका साथ काम गरिरहेको बताए ।

उनले भने, ‘हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रूपमा लिएका छौँ । सुशासन भन्दैमा हामीले विकास नै गर्दैनौ, पूर्वाधारको काम नै गर्दैनौ भन्ने होइन । यो वर्षलाई पूरा हाम्रो माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रबाट आउनुभएका माननीयज्यूहरू उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन् । हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरूलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ । यो मालपोतलगायतका सरकारी कार्यालयमा जाँदा देख्नु पनि भएको होला । यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ ।’

प्रधानमन्त्री साहले मुलुकमा वर्षौदेखि भ्रष्टाचारले जरो गाडेको उल्लेख गर्दै त्यसलाई बदल्ने गरी सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =