भक्तपुर नगरव्यापी दफा प्रदर्शनी सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ ।

भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दफा भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्व सांसद प्रेम सुवालले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गरे । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण एवं संवद्र्धनमा निरन्तरता दिँदै आएको बताए ।

सम्पदा पुनर्निर्माणमा नगरपालिकाले विदेशी सहयोग नलिएको र जनताको सहयोग एवं सहभागितामै काम गरिरहेको भन्दै उनले नगरपालिकाले एक सय ७८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको बताए ।

दफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दफा भजन, खिँछे दफा भजन, ज्याथा गणेश दफा भजन, लाकोलाछें चपाल दफा भजन र लाकोलाछें त्वाले दफा भजनलाई उत्कृष्ट घोषणा गरी लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =