एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल जारी
२०८३ जेठ १६ गते

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
शनिवार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको हो ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमका विषयमा सांसदहरूबीच विचार–विमर्श भएको छ । बैठकमा बजेटसँग जनसरोकारका विषयलाई कसरी जोड्ने भन्ने सम्बन्धमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।
२०८३ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








