जेनजी आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था

काठमाडौँ । सरकारले गत भदौको जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसका लागि बजेटमै व्यवस्था गरिएको बताएका हुन् ।

उनले जाजरकोट तथा रुकुमपश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताए ।

हालसम्म सडक सञ्जालसँग नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाइने बताए ।

उनले देशभर झोलुङ्गे पुल निर्माण गर्न ५ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =