काठमाडौँमा एआई कम्प्युटर केन्द्र स्थापना हुने

काठमाडौँ । सरकारले काठमाडौँमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युटर केन्द्र स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।
बजेटमा नेपाललाई एआई आर्टिफिसियल इन्टेलिलेन्स युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको पनि अर्थमन्त्री वाग्लेले बताए ।
उनले भने ‘नेपाललाई एआई आर्टिफिसियल इन्टेलिलेन्स युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौ । काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्युट केन्द्र स्थापना गर्नेछौँ । हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्ट अपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ ।’
अर्थमन्त्री वाग्लेले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्ट अपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउने पनि बताए ।








