सबै नेपालीहरूको जायज अपेक्षाको पत्यारिलो बजेट ल्याएको छु: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिबद्ध रहेको पनि बताए । उनले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रूपान्तरको उत्कट प्रतीक्षालाई सम्बोधन गरेको दाबी पनि गरे ।

उनले भने ‘उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु । नेपालको राजनीतिमा उमेरको पुस्तान्तरण सँगसँगै राष्ट्रिय जीवनको सबै आयाममा रूपान्तरको उत्कट प्रतीक्षा छ । यो अनुकूलतालाई आत्मासात गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनमा मानक स्थापित गर्न हामी कटिबद्ध छौँ ।’

अर्थमन्त्री वाग्लेले सरकार नयाँ पुस्ताको भावना अनुसार अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =