टिभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल

काठमाडौँ । TVS को आधिकारिक वितरक जगदम्बा मोटर्सले TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट घोषणा गरेको छ ।
यो इभेन्ट जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
नेपालभरका ग्राहकहरूका लागि नयाँ TVS दुईपांग्रे सवारीसाधन स्वामित्वलाई पहिलेभन्दा अझ सहज र लाभदायी बनाउन यो इभेन्ट डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal यस वर्षको नेपालकै सबैभन्दा ठूलो TVS दुईपाङ्ग्रे इभेन्ट हो । यस कार्निभलले ग्राहक, मोटरसाइकल तथा स्कुटरप्रेमीहरू, र उद्योग सरोकारवालाहरूलाई एउटै छानामुनि ल्याउनेछ । आगन्तुकहरूले TVS मोटरसाइकल र स्कुटरहरूको सम्पूर्ण रेन्ज अवलोकन गर्नुका साथै विशेष एक्सचेन्ज तथा फाइनान्स अफरहरूको लाभ लिन सक्नेछन् ।
साथै, कार्यक्रममा नयाँ उत्पादन अनावरण, लाइभ मनोरञ्जन तथा उत्साहपूर्ण कार्निभल वातावरणको अनुभव गर्ने अवसर पनि उपलब्ध हुनेछ।
कार्निभलमा सहभागी ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्दा ‘Achammai ko Valuation अफर प्राप्त गर्न सक्नेछन् भने दैनिक रु. १३९८ बाट सुरु हुने ‘Lastai Kam EMI’ सुविधामार्फत सहज किस्ताबन्दीमा दुईपांग्रे सवारी खरिद गर्न सक्नेछन्। साथै, छनोट गरिएका TVS मोडलहरूमा ‘Babaal Cash Discounts’ उपलब्ध हुनेछ भने ‘Fatafat Finance’ अन्तर्गत नागरिकता र लाइसेन्स मात्रका आधारमा छिटो loan approval पनि प्राप्त गर्न सकिनेछ। नयाँ सवारी खरिद गर्ने ग्राहकहरूले ँचभभ ब्अअभककयचष्भक८ को सुविधा पाउनेछन् भने सबै मोडलहरूमा Lifetime Warranty समेत उपलब्ध रहने कम्पनीले जनाएको छ।
यस वर्षको कार्निभलको विशेष आकर्षण एक्सचेन्ज कार्यक्रम भएको कम्पनीले जानकारी दिएको छ । ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक वा
स्कुटर ल्याएर, पूर्ण मूल्य अभिवृद्धि लाभसहित नयाँ त्ख्क् दुईपांग्रे सवारीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
व्यावसायिक अफरहरूबाहेक, कार्निभलले सम्पूर्ण परिवारका लागि पूर्ण मनोरञ्जन अनुभव पनि प्रदान गर्नेछ, जसअन्तर्गत उत्साहीहरूका लागि Gymkhana riding competition, नयाँ TVS मोडलहरू अनुभव गर्न Test Ride zone, रमाइला र interactive activities का लागि Game Zone, साथै विभिन्न refreshments उपलब्ध हुने Food Stalls समेत समावेश हुनेछन् ।








