खल्तीले ल्यायो ‘खल्ती स्टक हब’, सेयर बजारको सबै जानकारी एउटै एपमा

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती स्टक हब सेवा सार्वजनिक गरेको छ ।

खल्तीले वार्षिक रूपमा सम्पन्न गर्ने महोत्सव खल्ती जात्रा २०८३ को अवसरमा सार्वजनिक गरिएको यो सेवामार्फत प्रयोगकर्ताहरूले अब नेप्सेको लाइभ डाटा, Top Gainers/Losers, IPO Pipeline लगायत सेयर बजारसँग सम्बन्धित सम्पूर्ण जानकारी खल्ती एपबाट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

खल्ती एउटै एपबाट लाइभ सेयर मूल्य हेर्न, IPO ट्र्याक गर्न, Calculator ले लागत हिसाब गर्न र Dividend तालिका बुझ्न सकिने नेपालको पहिलो डिजिटल वालेट बनेको कम्पनीले जनाएको छ।

नेपालमा लाखौँ डिम्याट खाता भएपनि सही जानकारी र भरपर्दो प्लेटफर्मको अभावले गर्दा ठुलो संख्याका लगानीकर्ताहरू दोस्रो बजार को कारोबारमा जोडिन सकेका छैनन् । खल्ती स्टक हबले यही अभावलाई परिपूर्ति गर्दै सेयर बजारको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखेको कम्पनीको भनाई छ ।

यो प्लेटफर्म सेयर किनबेच गर्ने (ट्रेडिङ) प्लेटफर्म भने होइन तर यसले लगानीकर्ताहरूलाई ब्रोकरमार्फत कारोबार गर्नुअघि बजारको अवस्था बुझ्न, विश्लेषण गर्न र सुसूचित निर्णय लिन मद्दत गर्ने बताइएको छ ।

यस एपमा लाइभ नेप्से इन्डेक्स, टप गेनर्स लुजर्स, टप टर्नओभर र सूचीकृत कम्पनीहरूको अन्तिम कारोबार मूल्य को रियल-टाइम जानकारी लिन सकिन्छ।

यसभित्र ट्रान्जेक्सन, एभरेजिङ, एडजस्टमेन्ट, डिभिडेन्ड, कम्पाउन्डिङ र एसआईपी गरी ६ वटा विभिन्न क्यालकुलेटरहरू उपलब्ध रहेको छ ।

आगामी IPO को घोषणा र आवेदन मिति, सूचीकृत कम्पनीहरूको डिभिडेन्ड भुक्तानी तालिका र प्रमोटर सेयर अनलक हुने मितिको जानकारी एकै ठाउँमा पाउन सकिनेछ ।

यस अवसरमा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ‘नेपालको पुँजी बजार प्रत्येक नेपालीको हो, केवल विशेषज्ञहरूको होइन सही जानकारी र सजिलो उपकरणको अभावले लाखौँ नागरिकले डिम्याट खाता खोलेर पनि कारोबार गर्न सकेका छैनन् ।
जुम्लाको किसानदेखि कतारमा काम गर्ने कामदारसम्म सबैले आफ्नो खल्ती एपबाटै सेयर बजार बुझ्न, ट्र्याक गर्न र सोचेर लगानी गर्न सक्नेछन् । खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन यो नेपालीहरूलाई वित्तीय अनुशासन र लगानीको संस्कार सिकाउने एक Experience Platform हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =