इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्छः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्बन्धमा सकारात्मक विकास भइरहेको र दुई देश सम्झौतानजिक पुगेको बताएका छन् ।

इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण स्थगित गर्ने घोषणा गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् । खाडी मुलुकहरूले इरानमाथि मङ्गलबारका लागि तय गरिएको सैन्य कारबाही केही दिनका लागि रोक्न आग्रह गरेको ट्रम्पले जानकारी दिए ।

उनकाअनुसार यो स्थगन केही समयका लागि अझै लम्बिन सक्ने सम्भावना छ । यसैबीच, राष्ट्रपति ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्ने अडान पुनः दोहोर्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =