रुस–चीन सम्बन्ध अभूतपूर्व उचाईमा पुगेको राष्ट्रपति पुटिनको भनाइ
२०८३ जेठ ५ गते

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताएका छन् ।
चीनको राजकीय भ्रमणमा जानुअघि मंगलवार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो धारणा राखे । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै भने, ‘आज रुस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको छ ।’
उनले दुई राष्ट्रबीच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासका अभिन्न अंग भएको उल्लेख गरे । राष्ट्रपति पुटिनकाअनुसार यस्ता संवादहरूले दुई देशबीचको सम्बन्धका सम्पूर्ण पक्षहरूलाई प्रवद्र्धन गर्न र यसमा रहेका असीमित सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भुमिका खेल्नेछन् ।
२०८३ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








