एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक (तस्बिर सहित)

विश्वकप फुटबल प्रतियोगिता २०२६ को उत्साहसँगै ग्राहकलाई सुनको बल जित्ने अवसर

काठमाडौँ। नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहौललाई थप रोमाञ्चक बनाउन “स्क्यान मा सुन” नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।

फुटबल प्रेमी तथा ग्राहक लक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोला प्रथामा सहभागी हुन सक्नेछन्।

यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ।

विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ। कम्पनीका अनुसार “स्क्यान मा सुन” अभियानले फुटबल प्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नवीनतम अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ। अभियान सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल प्राप्त गर्न सकिनेछ।

तस्बिरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =