भारतको थोक मुद्रास्फीतिमा वृद्धि, अप्रिलमा ८.३ प्रतिशत पुग्यो
२०८३ जेठ २ गते

एजेन्सी । भारतको थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (थोक मुद्रास्फीति) यस वर्षको अप्रिल महिनामा बढेर ८.३ प्रतिशत पुगेको छ ।
भारतको केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अप्रिल महिनामा देखिएको यो वृद्धि मुख्यतया खनिज तेल, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्याँस, आधारभूत धातु, अन्य उत्पादनमूलक क्षेत्र र गैर–खाद्य वस्तुहरूको मूल्यमा भएको बढोत्तरीका कारण भएको हो ।
थोक बजारको मूल्य स्थितिलाई मापन गर्ने यो सूचकाङ्क मुख्यतया विश्वव्यापी बजारमा वस्तुहरूको मूल्यमा आउने उतारचढावका कारण प्रभावित हुने गर्दछ ।
२०८३ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








