सीजी इलेक्ट्रोनिक्सले सार्वजनिक गर्‍यो नयाँ टीसीएल ब्रीजइन एसी सिरिज

काठमाडौँ । नेपाल सीजी इलेक्ट्रोनिक्सले नेपालमा TCL को नयाँ तथा अत्याधुनिक TCL BreezeIN (ब्रिजइन) सिरिज एयर कन्डिसनर (AC) सार्वजनिक गरेको छ ।

आधुनिक प्रविधि, ऊर्जा दक्षता तथा प्रयोगकर्तामैत्री सुविधासहित ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई स्मार्ट, सहज र प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार BreezeIN सिरिजको मुख्य आकर्षण यसको Gentle Breeze प्रविधि हो । एसीभित्र रहेका १,४२२ माइक्रो(होलमार्फत चिसो हावा सिधै शरीरमा नलागी कोठाभर नरम र प्राकृतिक रूपमा फैलिने भएकाले प्रयोगकर्ताले आरामदायी शितलताको अनुभव लिन सक्ने बताइएको छ ।

यस सिरिजले उच्च कार्यसम्पादनलाई पनि प्राथमिकता दिएको कम्पनीको दाबी छ । एसीले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ प्रदान गर्न सक्ने भएकाले प्रयोगकर्ताले छिटो राहत महसुस गर्न सक्ने कम्पनीले जनाएको छ ।

ऊर्जा दक्षतालाई ध्यानमा राख्दै एसीमा AI Energy Saving प्रविधि समावेश गरिएको छ । एआई आधारित स्मार्ट प्रणालीले तापक्रमलाई स्वचालित रूपमा व्यवस्थापन गर्दै ६० प्रतिशतसम्म बिजुली बचत गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

स्वच्छ तथा स्वस्थ हावाका लागि BreezeIN सिरिजमा 4-Step Auto Clean System पनि उपलब्ध गरिएको छ । फ्रोस्टिङ, डिफ्रोस्टिङ, ड्राइङ तथा स्टेरिलाइजिङ प्रक्रियामार्फत एसीको भित्री भाग सफा राखी स्वच्छ हावा प्रवाह सुनिश्चित गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, 4 Easy Structure डिजाइनका कारण एसीको जडान तथा मर्मत प्रक्रिया सरल बनाइएको छ । प्रयोगकर्ताले TCL Home App, Google Assistant तथा Alexa  मार्फत जुनसुकै स्थानबाट पनि एसी नियन्त्रण गर्न सक्ने स्मार्ट सुविधा समेत यसमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार TCL BreezeIN सिरिज नेपालभर रहेका CG Digital शोरुम तथा आधिकारिक विक्रेतामार्फत १ टन, १.५ टन र २ टन क्षमतामा उपलब्ध छ । साथै उत्पादनमा पूर्ण वारेन्टी तथा भरपर्दो बिक्रीपछिको सेवा पनि उपलब्ध गराइने जनाएको छ ।

नेपालमा टिभी, एयर कन्डिसनर, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत लोकप्रिय रहेको TCL ब्रान्डलाई सीजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =