मुक्तिनाथ विकास बैंकको सीईओका रूपमा तारा मानन्धरद्वारा पदभार ग्रहण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएकी तारा मानन्धरले आज पदभार ग्रहण गरेका थिए ।
बैंकिङ्ग तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्क लि।मा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए ।
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको उच्च मनोबल तथा सरोकारवालाहरूले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।








