नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक- क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण

काठमाडौँ । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रति ग्राहकहरूको आकर्षण बढ्दै गएको कम्पनीले बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले हालै प्रकाशन गरेको तथ्यांकले नेपालमा इन्टरनेट सेवा दिइँदै आएका अधिकांश सेवा प्रदायकमा भन्दा क्लासिक टेकमा ग्राहकको बढ्दो आकर्षण रहेको देखिन्छ ।

गत वर्ष २०८२ फागुन र चैत्र महिनाको नयाँ इन्टरनेट जडान गर्ने ग्राहकको संख्यामा इन्टरनेट वर्गीकरण अनुसार क्लासिक टेक पहिले रहेको तथ्यांकमा उल्लेख छ ।

ISPsChaitra, 2082Falgun, 2082Difference
World Link1,073,6541,068,3295,325
Classic Tech 283,371279,8483,523
Vianet357,771354,8942,877
Nepal Telecom351,725350,0131,712
Dish Home374,319379,299-4,980
Subisu262,849260,7242,125
CG Net88,73887,5391,199

उक्त तथ्यांकअनुसार, २०८२ सालको फागुन महिनामा क्लासिक टेकका कुल ग्राहक संख्या २७९,८४८ रहेकोमा चैत्र महिनामा बढेर २८३,३७१ पुगेको छ । यस अवधिमा कम्पनीले ३,५२३ नयाँ ग्राहक थप्न सफल भएको देखिन्छ ।

तथ्याङ्कलाई हेर्दा विशेषगरी २०८२ सालको फागुन र चैत्र महिनाको ग्राहक क्लासिक टेकले उल्लेखनीय रूपमा नयाँ ग्राहक थप्न सफल भएको देखिन्छ ।

कम्पनीप्रति ग्राहकको आकर्षण बढ्नुमा सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउनु तथा अत्याधुनिक प्रविधियुक्त वाइफ़ाइ सिक्स राउटर साना देखि ठुला सबै प्याकेजमा उपलब्ध गराउनु मुख्य कारणका रूपमा हेरिएको र यति मात्र नभई ५० एम बि पी एस देखि ३०० एम बि पी एस सम्मका ३ महिने तथा वार्षिक प्याकेजहरूमा समेत वाइफ़ाइ सिक्स राउटर प्रदान गराइएकाले ग्राहकहरूको रोजाइमा क्लासिक टेक पर्न सफल भएको कम्पनीको भनाइ छ ।

इन्टरनेट जस्तो अत्यावश्यक सेवामा ग्राहक समर्थन तथा प्राविधिक सेवाको विषय भने कम्पनीका लागि चुनौतीपूर्ण रहँदै आएको छ । विशेषगरी वर्षायाममा मौसम परिवर्तन, फाइबर लाइन क्षति तथा विभिन्न प्राविधिक समस्याका बाबजुद पनि कम्पनीले सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

केही समयअघि क्लासिक टेकले ग्राहक समर्थन तथा टेक्निकल फिल्ड सपोर्ट सेवा सुधारका लागि विशेष सेवा अभियानसमेत सञ्चालन गरेको थियो ।

कम्पनीका अनुसार नयाँ ग्राहक विस्तारसँगै विद्यमान ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु पनि उत्तिकै प्राथमिकतामा रहेको छ ।

घरायसी सेवासम्बन्धी सहयोगका लागि ग्राहकहरूले ९८०२९२२३०४ मा सम्पर्क गर्न सक्नेछन् भने अफिसियल तथा कर्पोरेट सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सकिने छ ।

साथै, क्लासिक टेक मोबाइल एप मार्फत पनि ग्राहकहरूले आफ्नो समस्या वा सेवा सम्बन्धी टिकट दर्ता गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =