एनआरएनए मेरील्याण्ड टी–१० प्रतियोगितामा हिमालयन स्ट्राइकर्सको सहभागिता

काठमाडौं । अमेरिकामा रहेका नेपाली क्रिकेटप्रेमीहरूलाई एकताबद्ध गर्दै हिमालयन स्ट्राइकर्स अमेरिकाले आगामी एनआरएनए मेरील्याण्ड टी–१० प्रतियोगिता २०२६ मा सहभागिता जनाउने भएको छ । प्रतियोगिता आगामी मे २२ देखि सुरु हुँदैछ ।

पिट्सबर्ग, एक्रोन र ह्यारिसबर्ग क्षेत्रका खेलाडीहरू समेटिएको यस टोलीले अमेरिकामा विस्तार हुँदै गएको नेपाली क्रिकेट समुदायको उत्साह, एकता र खेलप्रतिको समर्पणलाई प्रतिनिधित्व गर्ने टोलीका खेलाडी सौरभ भण्डारीले जानकारी दिए ।

टोलीको कप्तानी रोशन शर्माले गर्नेछन् । प्रतियोगितामा उनको नेतृत्व टोलीका लागि महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

टोलीका प्रमुख खेलाडीमध्ये सौरभ भण्डारी एक हुन् । उनले नेपालमा विभिन्न क्लब, कलेज तथा क्षेत्रीय क्रिकेट प्रतियोगिताहरूमा खेलिसकेका छन् । हाल अमेरिकामा रहेर पनि उनले क्रिकेटप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै नेपाली क्रिकेट समुदायलाई जोड्ने प्रयास गरिरहेका छन् ।

टोलीका सदस्यहरूका अनुसार हिमालयन स्ट्राइकर्स अमेरिका केवल क्रिकेट टोली मात्र नभई विदेशमा रहेर पनि नेपालीपन, मित्रता र क्रिकेटप्रतिको भावनाले जोडिएको परिवार हो ।

प्रतियोगितालाई लिएर नेपाली समुदायमा उत्साह बढिरहेको छ । टोलीले सामाजिक सञ्जालमार्फत पनि उल्लेखनीय समर्थन प्राप्त भइरहेको जनाएको छ ।

हिमालयन स्ट्राइकर्स अमेरिका टोली सूची

  • रोशन शर्मा (कप्तान)
  • सौरभ भण्डारी
  • सौगात घिमिरे
  • अर्जन सिंह
  • आयुष पोखरेल
  • निराजन कास्मी
  • आयुष उपाध्याय
  • अमित लकन्द्री
  • प्रकाश सिलवाल (विकेटरक्षक)
  • प्रतिक सुवेदी
  • दीपक राज गिरी
  • सुमित क्षेत्री
  • भक्त गुरुङ
  • दिपेश न्यौपाने
  • अमिथ एन कार्तुश
  • सन्तोष पोखरेल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =