सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ : नेता राई
२०८३ वैशाख २९ गते

काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्मा सांसदले उठाएका प्रश्नहरूका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेता राईले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिए । संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरेमात्र लोकतन्त्रलाई सही बाटोमा लैजान सकिने उनको भनाइ थियो ।
पाथीभरामा केबलकार निर्माणका नाममा गरिएको धार्मिक अतिक्रमण आफूहरूलाई मान्य नहुने बताउँदै नेता राईले केबलकार निर्माण कार्यलाई तत्काल रोक्न माग गरे ।
२०८३ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








