पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत: संयोजक दाहाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत भएको बताएका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिमा मुख्य सवाल उमेर वा पुरानोपन नभई सही र गलत भएको बताए । पुराना र नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन हुनेभन्दै त्यस्तो नगर्न सबैमा आग्रह गरे ।

उनले भने ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो । पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेगरी अग्रसर हुन्छ । मानौँ पुराना जति सबै राम्रा वा नराम्रा भन्ने बहसले समाजलाई विभाजित गर्छ । त्यसकारण म सबै माननीयज्यूहरूलाई नयाँ र पुरानाको भाष्य बदलेर सही वा गलतको भाष्यमा रूपान्तरण गर्न हार्दिक अनुरोध गर्दछु ।’

उनले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =