सडक सुरक्षामा प्रविधि प्रयोग बढाउन सांसदहरूको सुझाव

काठमाडौँ । सडक सुरक्षालाई व्यवस्थित बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने सांसदहरूले जोड दिएका छन् ।

मङ्गलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास पूर्वाधार समितिमा उनीहरूले प्रविधिको माध्यमबाट सवारी साधन, सडक र मनसुनजन्य अवस्थाको निगरानी गरी सडक सुरक्षालाई मजबुत बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडक सुरक्षालाई सडकको अवस्था, कानुन र कानुन कार्यान्वयनको अवस्थाले विशेष महत्त्व राख्ने बताए । उनले अब सडक सुरक्षाको लागी प्रविधिको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिए । उनले विकसित मुलुकमा सडकमा ट्राफिक कम देखिने गरेको उल्लेख गर्दै नेपालमा पनि प्रविधिको प्रयोग गर्दा राज्यलाई आर्थिक भार पनि कम गर्ने बताए ।

उनले प्रहरीले २४ घण्टा नै सडकको अनुगमन गर्नुपर्ने बताए । विपद्जन्य घटनाबाट हुने दुर्घटना न्यूनीकरणको लागी पनि सरकारले पुर्वतयारी गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारी निकायहरूको बीचको समन्वय नहुँदा सडक खनेर अलपत्र पार्ने काम हुने गरेको बताए । उनले ट्राफिक प्रहरीलाई दिनभर सडकमा उभ्याएर राखेर मात्रै सडक सुरक्षा हुने नसक्ने उल्लेख गरे ।

उनले भने ‘सडक सुरक्षाको लागी प्रविधिको प्रयोग बढाउनुपर्छ । विश्वको विभिन्न मुलुकका सडकमा ट्राफिक प्रहरी देखिँदैन । हामीले नेपालमा पनि प्रविधिको प्रयोग बढाउन सकेमा राज्यलाई हुने बोझ पनि कम हुन्छ ।’

रास्वपा सांसद धनेन्द्र कार्कीले सवारी साधनहरूको लम्बाई थपेर चलाउने गरेको कारण बढी दुर्घटना हुने गरेको बताए । उनकाअनुसार नेपालमा १२ मिटरको सवारी भित्रिने गरेको छ, तर १६ मिटरसम्म बनाएर चलाउने गरिएको उनको भनाई छ । उनले गाडीमा सिल्फरको व्यवस्था हटाउनुपर्ने बताए । सवारी चालकले सहचालकलाई चलाउन दिएर आफू सिल्फरमा सुत्ने गरेको उल्लेख गरे ।

उनले भने ‘नेपालमा १२ मिटरको गाडी भित्रिन्छ, तर त्यो १६ मिटरकोसम्म बनाएर चलाइएको छ । च्यासिसबाट पछाडि ४ मिटर थपेर चलाउने गरिएको छ । यसलाई ध्यान दिनुपर्छ, विलबुकमा गाडी जति मिटरको लेखेर आउँछ, त्यो भन्दा एक ईन्च पनि बढी बनाउन दिनुभएन ।’

नेपाली काँग्रेसका सांसद डा मो। फिरदोश आलमले सडक राम्रो भएपनि तीव्र गतिका कारण सडक दुर्घटना बढिरहेको उल्लेख गरे । उनले सवारी साधनको गति निर्धारण गर्नुपर्ने बताए । गति निर्धारण गरेपछि उल्लङ्घन गर्नेलाई कारबाहीको दायरारमा ल्याउनुपर्ने उनको भनाई छ । उनले लागू पदार्थ नियन्त्रण गरेमा पनि सवारी दुर्घटना न्युनिरकण गर्न सकिने बताए ।

रास्वपाका सांसद श्रीराम न्यौपानेले तीव्र गतिमा सवारी साधन चलाउनेलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने प्रस्तावलाई परिमार्जन गर्नुपर्ने बताए । उनले ५० हजार जरिवानाको सट्टामा सवारी लाइसेन्स खारेज वा केही समय निलम्बन गर्नुपर्ने बताए । उनले राजमार्गलाई सुरक्षित बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।

नेकपा एमालेकी सांसद नीता घतानीले सडकले नागरिकलाई जोमिखमुक्त बनाउनुपर्ने बताइन् । उनले जोखिमयुक्त सडक पहिचान गरी समस्या समाधानका लागी वैकल्पिक मार्ग निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले लामो दुरीका सार्वजनिक सवारी साधनमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदकी सांसद आशा झाले हुलाकी राजमार्गको कटहरी सडकखण्डको पाँच किलोमिटर सडक अलपत्र परेको बताइन् । उनले उक्त सडकखण्ड तत्काल निर्माण सुरु गर्न सरकारको ध्यानाकर्षण गराइन् । निर्माण व्यवसायीको लाहवपरबाहीको कारण जनताले दुख पाइरहेको बताइन् ।

श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले चालकहरूको लापरबाहीका कारण सडक दुर्घटना बढी हुने गरेको बताए । उनले चालकहरूलाई प्रशिक्षण दिने संस्थाहरूमा अनुगमन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले सवारी चालन अनुमतिपत्र ९लाइसेन्स० पास गर्ने प्रावधानलाई पनि कडाइ गर्नुपर्नेमा जोड दिए ।

नेपालमा सहज रूपमा लाइसेन्स पास गर्ने उनको भनाई छ ।

बैठकमा समिति सभापति आशिष गजुरेलले सडक सुरक्षामा आवश्यक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई निर्देशन दिए । उनले पछिल्लो समय सवारी दुर्घटना बढिरहेको उल्लेख गर्दै न्यूनीकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =