• twitter
  • tiktok
Makalu Khabar : makalukhabar.com

२०८३ असार ५ गते

Makalu Khabar : makalukhabar.com

Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
  • अर्थ
    • अटाेमाेवाइल्स
    • अर्थ समाचार
    • कर्पोरेट
    • बैंक/वित्त
    • विमा
    • शेयर बजार
  • विचार
  • कला
    • कला / संगीत
    • गसिप
    • सिनेमा
  • खेलकुद
    • क्रिकेट
    • फुटबल
    • बिविध
  • चुनाव विशेष
  • चर्चामा
  • विशेष
  • English

क्रुज जहाजका एक अमेरिकी यात्रुमा हन्टाभाइरस संक्रमण पुष्टि

मकालु खबर
२०८३ वैशाख २९ गते
क्रुज जहाजका एक अमेरिकी यात्रुमा हन्टाभाइरस संक्रमण पुष्टि

एजेन्सी । नेदरल्याण्ड्सको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा सवार एक अमेरिकी नागरिकमा हन्टाभाइरसको संक्रमण पुष्टि भएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आइतबार दिएको जानकारीअनुसार उक्त जहाजमा रहेका अर्का एक अमेरिकी यात्रुमा पनि सोही भाइरसको सामान्य लक्षण देखिएको छ ।

संक्रमण पुष्टि भएका र लक्षण देखिएकासहित जहाजमा रहेका सबै १७ जना अमेरिकी नागरिकलाई अहिले हवाई मार्गमार्फत अमेरिका लगिँदैछ । विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार उच्च शतर्कताका लागि दुईजना बिरामीलाई विमानभित्रको विशेष ‘बायोकन्टेनमेन्ट युनिट’ मा राखेर ल्याइएको छ ।

ती यात्रुहरूलाई सुरुमा ओमाहास्थित नेब्रास्का विश्वविद्यालयको मेडिकल सेन्टरमा रहेको ‘रिजनल इमर्जिङ स्पेसल प्याथोजेन ट्रिटमेन्ट सेन्टर’ मा लगिनेछ । त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचार भएपछि सामान्य लक्षण देखिएका बिरामीलाई उनको अन्तिम गन्तव्यमा रहेको अर्को उपचार केन्द्रमा स्थानान्तरण गरिने विभागले जनाएको छ ।

शनिवारसम्मको तथ्यांकअनुसार यस भाइरसको प्रकोपसँग सम्बन्धित ८ जना शंकास्पद बिरामी भेटिएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हन्टाभाइरसको संक्रमण भएपछि लक्षण देखिन एकदेखि आठ हप्तासम्म लाग्न सक्छ ।

यो रोग सामान्यतया मुसाजन्य जीवहरूबाट सर्ने भए तापनि विरलै अवस्थामा मानिसबाट मानिसमा पनि सर्न सक्छ। संक्रमितमध्ये एक तिहाइभन्दा बढी व्यक्तिको मृत्यु हुने जोखिम रहने भएकाले यसलाई निकै घातक मानिन्छ ।

मकालु खबर
२०८३ वैशाख २९ गते
प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

6 + nine =

सम्बन्धित
कतारमाथि क्यानडाको ऐतिहासिक जित

कतारमाथि क्यानडाको ऐतिहासिक जित

बोस्नियामाथि स्विट्जरल्यान्डको शानदार जित

बोस्नियामाथि स्विट्जरल्यान्डको शानदार जित

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’: ट्रम्प

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’: ट्रम्प

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने: रोयटर्स

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने: रोयटर्स

अमेरिका-इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर: पाकिस्तान

अमेरिका-इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर: पाकिस्तान

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

गैरकानूनी राजनीतिक कोष प्रकरणः सियोलका मेयरलाई डेढ वर्ष कैद सजायको माग

गैरकानूनी राजनीतिक कोष प्रकरणः सियोलका मेयरलाई डेढ वर्ष कैद सजायको माग

फिफा विश्वकपमा जोर्डनको ऐतिहासिक डेब्युः देशभर उत्साह र गौरवको लहर

फिफा विश्वकपमा जोर्डनको ऐतिहासिक डेब्युः देशभर उत्साह र गौरवको लहर

मकालु मिडिया नेटवर्क प्रा. लि.
अध्यक्ष तथा प्रकाशक : सीआर बस्नेत

सूचना विभाग दर्ता नं. २६७/०७३–७४

सम्पर्क

Anamnagar -29, Kathmandu
014102676
[email protected]

  • twitter
  • tiktok

समाचार

    • समाज
    • खेलकुद
    • स्वास्थ्य
    • अन्तरराष्ट्रिय
    • Archive

अर्थ / वाणिज्य

    • अटाेमाेवाइल्स
    • अर्थ समाचार
    • बैंक/वित्त
    • विमा
    • शेयर बजार

कला

    • कला / संगीत
    • गसिप
    • सिनेमा

हाम्रो टिम हाम्रो बारे सम्पर्क विज्ञापन Privacy Policy प्रीति-यूनिकोड

© 2017-2026 makalukhabar.com सर्वाधिकार

  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ / वाणिज्य
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • देश
  • विचार
  • कुराकानी
  • फिचर
  • अन्तरराष्ट्रिय
  • पर्यटन
  • रोजगार
  • रोचक
  • शिक्षा
  • चर्चामा
  • साहित्य
  • जिवनशैली
  • चर्चामा
  • विशेष
  • English
खोज्नुहोस