१ बजे प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८३ वैशाख २९ गते

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।
छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।
२०८३ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








