राजनीतिमा संलग्न कर्मचारी भविष्यमा पनि सरकारी सेवामा अयोग्य हुने

काठमाडौं । सरकारले निजामति कर्मचारी राजनीतिक दल वा गतिविधिमा संलग्न पाइए भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहर हुनेगरी कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ ।

अगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले कर्मचारी प्रणालीलाई थप उत्तरदायी, निष्पक्ष र नतिजामुखी बनाउन कर्मचारीको ट्रेड युनियन खारेज गर्ने तथा स्वार्थको द्वन्द्व नियन्त्रणका लागि कानुनी व्यवस्था गरिने बताए ।

उनले कर्मचारीको कार्यसम्पादनलाई सेवा प्रवाह र सुशासनसँग जोड्ने गरी सूचकमा आधारित कार्यसम्पादन मूल्यांकन प्रणाली लागू गरिने बताए ।

उनले कर्मचारी नियुक्ति र पदोन्नतिमा कुलिङ अफ पिरियडको व्यवस्था गरिने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =