कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

सुर्खेत । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माणका लागि आज मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गरे ।

प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख रुपैयाँ थियो । ठेकदार कम्पनीले १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एण्ड विराट जेभी काठमाडौँ लिएको छ । ‘अहिले सञ्चालित ओपीडीको संरचना ५० शैय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शैय्यामा छ’, सूचना अधिकारी ज्ञवालीले भने, ‘त्यसकारण भीड धेरै हुन्छ । थेग्न सक्ने अवस्था छैन ।’

प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपिडी भवन निर्माण गर्न लागिएको हो । आगामी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =