समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको २१ औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन आग्रह गरे ।

‘यो २१ औँ अधिवेशन बजेट अधिवेशनको रूपमा रहेको छ । यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुनेछ’, अध्यक्ष दाहालले भने, ‘सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा, नेपाल प्रहरीलगायतका विधेयकलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।’

विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकका तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयक निष्क्रिय हुन पुगेको सन्दर्भ उल्लेख गर्दै उनले तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने बताए ।

अध्यक्ष दाहालले यसै अधिवेशनबाट संसद् बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुआत गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =