प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु
२०८३ वैशाख २८ गते

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ ।
आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरू आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे ।
तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरूले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो ।
बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ । यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीन÷तीन मिनेट बोल्न समय दिइएको छ ।
२०८३ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








