सीजी इलेक्ट्रोनिक्सले ल्यायो प्रिमियम ‘ड्रिप कफी मेकर’, बढ्दो कफी संस्कृतिलाई लक्षित

काठमाडौँ । नेपालमा विस्तार हुँदै गएको कफी संस्कृतिलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले आफ्नो प्रिमियम ब्रान्ड ‘सीजी मेरिडिया’ अन्तर्गत नयाँ ‘ड्रिप कफी मेकर’ (Model: CGMRCM02) सार्वजनिक गरेको छ ।

कम्पनीले यसअघि बजारमा ल्याएको ‘एस्प्रेसो मेकर’ (Model: CGMRCM01) ले उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाएपछि स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियो थप विस्तार गरेको जनाएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय नेपालमा कफी पिउने संस्कृति जीवनशैलीकै हिस्सा बन्दै गएको छ । उपभोक्ताहरू अब सामान्य इन्स्ट्यान्ट कफीभन्दा ताजा ‘ब्रुअड कफी’ रोज्न थालेकाले घर तथा अफिसमै क्याफेस्तरको अनुभव दिन नयाँ उपकरण ल्याइएको हो ।

नयाँ ड्रिप कफी मेकरमा १.२५ लिटर क्षमताको ग्लास क्याराफे, ७५० वाट पावर, ४० मिनेटसम्म कफी तातो राख्ने ‘वर्मिङ प्लेट’, ‘एन्टी–ड्रिप स्टप मेकानिजम’, ‘अटो–सट अफ’ तथा ‘बोइल ड्राइ प्रोटेक्सन’ जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

ब्ल्याक र सिल्भर फिनिसिङमा उपलब्ध यो कफी मेकर आधुनिक भान्सा तथा कर्पोरेट अफिसलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीको दाबी छ। साथै, उपकरणसँग विशेष फिल्टर र कफी स्पुन पनि उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार उक्त उत्पादन देशभर रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शोरुम, आधिकारिक विक्रेता सञ्जाल तथा CG डिजिटल मार्फत खरिद गर्न सकिनेछ । बिक्रीपछिको सेवा ४० भन्दा बढी ‘CG Care’ सेवा केन्द्रमार्फत उपलब्ध हुने बताइएको छ ।

कम्पनीका एक अधिकारीले नेपालमा कफी संस्कृतिको तीव्र विकाससँगै उपभोक्ताको भान्सालाई अझ स्मार्ट र आधुनिक बनाउने लक्ष्यका साथ नयाँ उपकरणहरू बजारमा ल्याइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =