राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले सोमवार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधान अनुरूप सरकारले राष्ट्रपतिको सम्बोधनको विषयवस्तुलाई औपचारिक रूपमा स्वीकृत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =