बर्लीले ल्यायो दुई नयाँ एयर कूलर, अब २२ मोडलसहित नेपालको सबैभन्दा ठूलो रेन्ज

काठमाडौं । नेपाली उपभोक्तामाझ लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले यस सिजनमा आफ्नो कुलिङ उत्पादन दायरा थप विस्तार गरेको छ ।

ठूला व्यावसायिक प्रयोजनका लागि ३ शक्तिशाली व्यावसायिक कूलर सार्वजनिक गरेको केही समयपछि कम्पनीले अब घरेलु तथा व्यक्तिगत प्रयोगका लागि १ नयाँ डेजर्ट कूलर र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको हो ।

नयाँ उत्पादन सार्वजनिकसँगै बर्लीले नेपालमा कुल २२ वटा एयर कूलर मोडल उपलब्ध गराउँदै सबैभन्दा फराकिलो र विविध रेन्ज भएको ब्रान्डको रूपमा आफूलाई स्थापित गरेको जनाएको छ ।

नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले उपभोक्ताको आवश्यकता र बजेटलाई ध्यानमा राखेर यी उत्पादन बजारमा ल्याइएको जानकारी दिएको छ ।

बजारमा आएका नयाँ मोडल

पोलो–५५ लिटर निलो (डेजर्ट कूलर): मध्यम तथा ठूला कोठालाई लक्षित गरी डिजाइन गरिएको यो ५५ लिटर क्षमताको डेजर्ट कूलरले शक्तिशाली शीतलता प्रदान गर्नुका साथै घरको भित्री सजावटमा आधुनिक र आकर्षक स्वरूप थप्ने कम्पनीको दाबी छ ।

प्राइड–४५ लिटर (पर्सनल कूलर): व्यक्तिगत प्रयोग तथा कार्यालय क्याबिनका लागि उपयुक्त मानिएको यो ४५ लिटर क्षमताको कूलर कम्प्याक्ट डिजाइनमा उपलब्ध छ। यसले कम आवाजमै प्रभावकारी चिसोपन दिने बताइएको छ ।

अत्याधुनिक प्रविधिसहितका विशेषता

बर्लीले हाल व्यक्तिगत, डेजर्ट, टावर तथा १०० देखि १३५ लिटरसम्म क्षमताका व्यावसायिक कूलरसहित २२ प्रकारका मोडल बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार सबै कूलरमा आधुनिक प्रविधि समावेश गरिएको छ ।

यी कूलरमा चारैतर्फ हावा प्रवाह हुने ‘फोर–वे कुलिङ’ प्रणाली, ढुसी लाग्न नदिने तीन तहको विशेष हनीकम प्याड, अतिरिक्त चिसोपनका लागि बरफ राख्ने छुट्टै चेम्बर, इन्भर्टरमार्फत सञ्चालन गर्न मिल्ने सुविधा, कम आवाजमा सञ्चालन हुने प्रणाली तथा मजबुत ‘सक–प्रुफ’ बडी जस्ता विशेषता रहेका छन् ।

कम्पनीका अनुसार एन्टी–ब्याक्टेरियल फिल्टरले स्वच्छ हावा प्रदान गर्नुका साथै एयर कन्डिसनरको तुलनामा ८० प्रतिशतसम्म कम विद्युत् खपत हुने भएकाले यी कूलर ऊर्जा–दक्ष पनि छन् ।

सीजी इलेक्ट्रोनिक्सका प्रवक्ताले छोटो समयमै कूलर बजारमा आक्रामक विस्तार गर्न सफल भएको उल्लेख गर्दै बर्लीले सानो कोठादेखि ठूलो हलसम्मका ग्राहकको आवश्यकता पूरा गर्ने क्षमता विकास गरेको बताए ।

बर्ली होम एप्लायन्स कुलिङ, हीटिङ, भान्सा तथा घरायसी आरामसँग सम्बन्धित उत्पादनमा आधुनिक, दिगो र ऊर्जा–दक्ष समाधान उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्रान्ड हो । प्रिमियम गुणस्तर र उपभोक्ता–मैत्री सेवाका कारण बर्ली दक्षिण एसियाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

नेपालमा बर्लीका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् । ग्राहकले देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारिक विक्रेता सञ्जाल तथा अनलाइन माध्यमबाट खरिद गर्न सक्नेछन् । साथै ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =