रुपन्देहीको बाल सुधारगृहमा अनुगमन

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधारगृहमा अनुगमन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधारगृहको अनुगमन गरेको हो ।

अनुगमनपश्चात् सांसद पौड्यालले बाल सुधार गृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताए ।

त्यसका लागि आवश्यक पहल गरिने उनले बताए । एकै ठाउँमा धेरै बालकहरू बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उनको भनाइ छ ।

बाल सुधारगृहमा स्थानीय तहहरूले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उनले बताए ।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहेकी पौडेलले बाल सुधारगृहमा रहेका बालकहरूलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =