नेपालमा ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक, ऊर्जा पेय बजारमा सीजी रिलायन्सको विस्तार

काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि.ले नेपाली बजारमा ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ । नयाँ उत्पादनसँगै कम्पनीले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको जनाएको छ ।

कम्पनीका अनुसार क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्जपछि यो नयाँ उत्पादनले क्याम्पा ब्रान्डको पोर्टफोलियो विस्तार गरेको छ । यससँगै सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंक बाहिर ऊर्जा पेय श्रेणीमा पनि आफ्नो विस्तारलाई निरन्तरता दिएको छ ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’लाई अन्तर्राष्ट्रिय स्तरको ऊर्जा पेयका रूपमा प्रस्तुत गरिएको छ, जसलाई गुणस्तर र प्रदर्शनलाई ध्यानमा राखेर उत्पादन गरिएको कम्पनीको दाबी छ । यसलाई उपभोक्तामाझ सुलभ मूल्यमा उपलब्ध गराइएको जनाइएको छ ।

मूल्य र उपलब्धता
२५० एमएल क्यानको मूल्य ८० रुपैयाँ तोकिएको छ । उक्त उत्पादन देशभरका खुद्रा पसलहरूमा उपलब्ध भइसकेको छ । कम्पनीले आफ्नो वितरण सञ्जालमार्फत यसको पहुँच विस्तार गरेको जनाएको छ । यो पेय मकवानपुरको मनहरीस्थित सीजी बोटलिङ प्लान्टमा उत्पादन हुँदै आएको छ ।

प्रारम्भिक उपभोक्ता प्रतिक्रियाअनुसार यसको स्वाद, क्याफिनको प्रभाव र ऊर्जा दिने क्षमताप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीले जनाएको छ ।

सीजी रिलायन्स बेभरेज प्रा. लि. चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानी कम्पनी हो । चौधरी ग्रुप नेपालकै अग्रणी व्यवसायिक समूह हो भने आरसिपिएल रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गतको एफएमसिजी व्यवसाय हो ।

आरसिपिएलले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुनः सार्वजनिक गरेको थियो । त्यसपछि क्याम्पा ब्रान्डले भारतीय बजारसहित अन्तर्राष्ट्रिय बजार—यूएई, ओमान, बहराइन र नेपालमा विस्तार गर्दै आएको छ ।

चौधरी ग्रुपअन्तर्गत २०० भन्दा बढी कम्पनी र २६० भन्दा बढी ब्रान्ड सञ्चालनमा रहेका छन्। फुड एन्ड बेभरेज, वित्तीय सेवा, शिक्षा, आतिथ्य, सूचना प्रविधि, रियल स्टेट र पूर्वाधार क्षेत्रमा यसको लगानी फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =