प्रविधिकरणलाई आत्मसाथ गर्न नसक्दा निर्वाचनमा हार्‍यौंः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसकेकै कारण पार्टीले गत फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

पार्टीले प्रविधि नबुझ्नु र समयानुकूल रूपमा लागू गर्न नसक्नु नै निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण भएको उनको स्वीकारोक्ति छ ।

उनले पार्टीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने रणनीतिमा पार्टी अघि बढिरहेको रहेको पनि बताए ।

उनले नेपाली काँग्रेसलाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने लक्ष्यका साथ सदस्यहरूलाई प्रविधिसँग जोड्ने काम भइरहेको पनि उल्लेख गरे ।

पार्टी सदस्यहरूको योगदान र इतिहास सुरक्षित राख्ने, पार्टीले सदस्य पहिचान गर्ने तथा सदस्यहरूले अझ प्रभावकारी रूपमा योगदान गर्न सक्ने वातावरण सिर्जना गर्ने दिशामा अघि बढिरहेको जिकिर पनि गरे ।

उनले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नभई कार्यान्वयनमा आएको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =