एक हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य
२०८३ वैशाख १७ गते

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ ।
हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो ।
२०८३ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








