स्वास्थ्यमन्त्री मेहताको ‘एक्सन’: अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला गर्न कडा प्रतिबन्ध !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिलाई कडाइका साथ लागु गर्दै मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नयाँ निर्देशन जारी गरेकी छन् ।

यस विज्ञप्ति र निर्देशन अनुसार अबदेखि अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण रोक लगाइएको छ ।

बिरामीको गोपनीयता हनन हुने यस्ता गैरकानुनी कार्य गर्ने जो कोहीलाई ‘मुलुकी अपराध संहिता २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विज्ञप्तिमार्फत नै जानकारी गराइसकिएको छ ।

मन्त्री मेहताले उपचारको क्रममा कुनै कमी-कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =