भायानेट कम्युनिकेशन र Third Factor AI बीच साझेदारी: AI-सञ्चालित परिचयपत्र प्रमाणीकरण प्रणाली सुरु

काठमाडौँ । भायानेट कम्युनिकेशनले Third Factor AI सँगको साझेदारीमा AI-सञ्चालित परिचयपत्र प्रमाणीकरण प्रणालीमार्फत ग्राहक अनबोर्डिङ प्रक्रिया स्तरोन्नति गरेको छ ।

नयाँ प्रणालीमार्फत परिचयपत्रको स्वचालित OCR, अनुहार मिलान र लाइभनेस डिटेक्सन सम्भव भएको छ, जसले पहिले म्यानुअल रूपमा हुने कागजात जाँचलाई केही सेकेन्डमै डिजिटल रूपमा पूरा गर्नेछ ।

कम्पनीका अनुसार यस प्रणालीले नक्कली परिचयपत्र प्रयोग, ठगीपूर्ण इन्टरनेट जडान तथा अवैध डिजिटल गतिविधिमा पहुँच जस्ता जोखिम नियन्त्रण गर्न सहयोग गर्नेछ ।

भायानेटले प्रारम्भिक चरणमा एजेन्ट–सहयोगी मोडेलमार्फत ग्राहकको स्थलमै परिचय प्रमाणीकरण गर्ने र त्यसपछि डिजिटल माध्यमबाट स्व–प्रमाणीकरण प्रणाली विस्तार गर्ने जनाएको छ ।

कम्पनीले यो प्रविधिले नेपाल दूरसञ्चार प्राधिकरणको नियमअनुसार सेवा सक्रियताअघि अनिवार्य परिचय प्रमाणीकरण प्रक्रिया स्वचालित रूपमा पूरा गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =