राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाइए कृष्ण सिटौला
२०८३ वैशाख १६ गते

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।
यसअघि उक्त जिम्मेवारी कृष्ण सिटौलाले सम्हाल्दै आएका थिए । उनलाई पार्टी सभापति गगन थापाको निर्देशनमा हटाइएको हो । सिटौला देउवा समूहका नेता हुन् ।
२०८३ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








