बस्ती भत्काएपछि मनोहरा, गैरीगाउँ र थापाथली सुकुम्बासी क्षेत्रको कस्तो छ अवस्था ?
२०८३ वैशाख १५ गते

काठमाडौँ । काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ ।
काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र बिरानो बनेको छ । नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ ।
सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यले ठुलो संख्यामा आवास विहीनहरूलाई प्रभावित पारेको छ । स्थानीय प्रशासनले नदी किनारको करिडोरलाई व्यवस्थित बनाउन र बागमती तथा मनोहराको स्वच्छता कायम राख्न यो कठोर कदम चाल्नुपरेको बताएको छ ।
यद्यपि विस्थापित भएका परिवारहरूले आफ्नो उठिबास लगाइएको तर उचित विकल्प नदिइएको गुनासो गरेका छन् ।
२०८३ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








