विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजश्व बढ्छः उपाध्यक्ष मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् ।
हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च रहेको बताउँदै उनले त्यस्तो कर घटाउनुपर्ने बताएका हुन् । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजश्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताए ।
सरकारले राखेको आगामी ७ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य महत्वाकांक्षी भएपनि पूरा गर्न सम्भव रहेको बताए । त्यस्का लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उनको भनाइ छ ।
मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिए ।








