नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु
२०८३ वैशाख १४ गते

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।
सोमवार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने काँग्रेसले जनाएको छ ।
काँग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरूले दाबी गरेपछि त्यसलाई सहमतिमा टुंगो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल नै गठन गरिएको थियो ।
कार्य दलले सो बैठकमा सुझाव पेस गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरूले बताएका छन् ।
२०८३ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








